सालकको पखेटा सहित दुई जना पक्राऊ ।।।

0Shares

सालकको पखेटा सहित दुई जना पक्राऊ ।।।
थाङ्मी चागु डट कम संवाददाता
२०८०, माघ ४ । कैलाली प्रहरीले ११ किलो १०० ग्राम सालकको पखेटा सहित २ जना मानिसलाई पक्राऊ गरेको छ ।

कैलाली प्रहरीले दिँउसो करिब ३:३० बजेको समयमा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नं. ०६ को कच्ची सडक खण्डमा मुडा देखी भजनीतर्फ गईरहेको पर्शुराम चौधरीले चलाएको सु.प.प्र. ०१००८ प ३५१२ नम्बरको मो.सा. लाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय सुखडबाट खटी गएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा शंका लागी उक्त मो.सा. रोकी चेकजाँच गर्दा चालक र मो.सा. पछाडी सवार कैलालीको जोशिपुर गाउँपालिका वडा नं. ०४ का ३२ वर्षीय प्रेम चौधरीले मो.सा. को बिचमा प्लाष्टिकको हरियो सेतो बोरामा राखी राखेको सालकको पखेटा ११ के.जि. १०० ग्राम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *