मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
सालकको पखेटा सहित दुई जना पक्राऊ ।।।
सालकको पखेटा सहित दुई जना पक्राऊ ।।।
थाङ्मी चागु डट कम संवाददाता
२०८०, माघ ४ । कैलाली प्रहरीले ११ किलो १०० ग्राम सालकको पखेटा सहित २ जना मानिसलाई पक्राऊ गरेको छ ।
कैलाली प्रहरीले दिँउसो करिब ३:३० बजेको समयमा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नं. ०६ को कच्ची सडक खण्डमा मुडा देखी भजनीतर्फ गईरहेको पर्शुराम चौधरीले चलाएको सु.प.प्र. ०१००८ प ३५१२ नम्बरको मो.सा. लाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय सुखडबाट खटी गएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा शंका लागी उक्त मो.सा. रोकी चेकजाँच गर्दा चालक र मो.सा. पछाडी सवार कैलालीको जोशिपुर गाउँपालिका वडा नं. ०४ का ३२ वर्षीय प्रेम चौधरीले मो.सा. को बिचमा प्लाष्टिकको हरियो सेतो बोरामा राखी राखेको सालकको पखेटा ११ के.जि. १०० ग्राम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





