मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
लहानमा सिटी जेसीजको पदस्थापना समारोह भव्यताका साथ सम्पन्न ।।।
लहानमा सिटी जेसीजको पदस्थापना समारोह भव्यताका साथ सम्पन्न ।।।
थाङ्मी चागु डट कम संवाददाता
२०८०, माघ ४ । सिरहाको लहानमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सिटी जेसीजको पदस्थापना समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
लाहान नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो ।
उमेश यादवको उद्घोषणमा संचालित कार्यक्रममा लाहान नगरपालिकाका सम्पूर्ण बौद्धिक व्यक्तित्वहरू , अग्रज , समाजसेवी , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु त्यस्तै सिराहा जिल्लाका बिभिन्न पालिका प्रमूखहरू, जिल्ला स्थित प्रसासनिक निकायका प्रतिनिधिज्यूहरु ,लगाएत नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष तथा वर्तमान अध्यक्ष लगाएत पत्रकारहरू समेतको सहभागीतामा जेसीजको २२ औँ पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरिएको हो ।
सहभागी सबैलाई मर्यादा बमोजिम आसन ग्रहण र सम्मान एकातिर गरिएको थियो भने अर्कोतिर विभिन्न सांस्कृतिक झाँकीसहित नगर प्रमूख महेश प्रसाद चौधरी लगाएत अथिती गणलाई मञ्चमा स्वागत सम्मानका लागि लगिएको थियो ।
राष्ट्रिय गान गाउँदै औपचारिक रूपमा सञ्चालन गरिएको कार्यक्रममा ज्ञात अज्ञात शहीदहरु प्रति मौन धारण समेत गरिएको थियो ।
अत्यन्त रोमाञ्चक वातावरणमा भएको कार्यक्रमले सभाहल भरिएको थियो । नवनिर्वाचित सबै पदाधिकारी ज्यूहरुलाई सपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरिएको थियो ।
दिँउसो करिब ३ बजेर ३४ मिनेटबाट थालिएको कार्यक्रम अथिती गण सबै रात्रि भोजमा सहभागी भई समापन गरिएको थियो ।
सिटी जेसीजको २२औं साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि जेसी उमेश कुमार यादव अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
तपशील
जेसी उमेश कुमार यादव – अध्यक्ष
जेसी बमचन्द्र चाैधरी -कार्यकारिणी उपाध्यक्ष
जेसी नित्यानन्द साह – कार्यकारिणी उपाध्यक्ष
जेसी उमेश कुमार साह -कानुनी सल्लाहकार
जेसी देवनलाल ठाकुर -महासचिव
जेसी प्रिती साह -काेषाध्यक्ष
जेसी खुश्वु जैसवाल – तालिम निर्देशक
जेसी उपेन्द्र प्रसाद यादव – जनसम्पर्क अधिकारी
जेसी अंकित शारदा – उपाध्यक्ष
जेसी शिवानन्द चाैधरी – उपाध्यक्ष
जेसी प्रदिप यादव -उपाध्यक्ष
जेसी साईगेन्द्र शाह -उपाध्यक्ष
जेसी सराेज ठाकुर – सचिव





