खैरो हिरोईन सहित ५ जना मानिस पक्राऊ ।।।

0Shares

खैरो हिरोईन सहित ५ जना मानिस पक्राऊ ।।।
थाङ्मीचागु डट कम संवाददाता ।
२०८० माघ ४ । कैलाली प्रहरीले लागु औषध खैरो हिरोइन सहित ५ जनालाई पक्राऊ गरेको छ ।

दिँउसो २ बजेको समयमा कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ०७ देबरिया स्थित सुदुरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह (RIT) बाट प्र.ना.नि. प्रकाश बहादुर कडायत, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट प्र.ह. पदम बिष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोषाकमा खटिएको प्र.स.नि. मदन उपाध्याय सहितको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागु औषध सहित केहीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट ६ ग्राम ८७० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ प्रहरीले बरामद गरेको छ ।

प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ०६ बस्नेका १८ वर्षीय राज चौधरी ,पुनर्वास नगरपालिका वडा नं. ०१ का २१ वर्षीय हरिलाल राना , ३२ वर्षीय कनैया राना , १९ वर्षीय अभिसेन राना र १८ वर्षीय अर्जुन रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *