सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
नवलपरासी प्रहरीले लागु औषध सहित मानिस पक्राऊ गरेको छ ।।।
नवलपरासी प्रहरीले लागु औषध सहित मानिस पक्राऊ गरेको छ ।।।
थाङ्मी चागु डट कम संवाददाता
२०८०, माघ ४ । पछिम नवलपरासी प्रहरीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
दिँउसो करिब ४:३० बजेको स्थानिय रामग्राम नगरपालिका वडा नं. ५ बाईपास चोकमा महेशपुरबाट परासी तर्फ पैदल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जनालाई चेक जाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीले रुपन्देही देवदह नगरपालिका वडा नं. १२ का २१ वर्षीय धरमवीर केवटलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको दुबै खल्तीबाट २/२ एम.एल. को NORPHINE लेखेको ५२ एम्पुल, DIAZEPAM लेखेको ५२ एम्पुल, PHENERGAN लेखेको ५२ एम्पुल, NORPHINE लेखेको स्टिकर ५४ पिस लगायतको लागु औषध फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राऊ गरेको धरमवीर केवटको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पछिमले जनाएको छ ।





