मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दूरदर्शिताका साथ प्रमूख जिल्ला अधिकारी पन्थी ।।।
दूरदर्शिताका साथ प्रमूख जिल्ला अधिकारी पन्थी ।।।
थाङ्मीचागु डट कम संवाददाता।
२०८० माघ ४ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीका प्रमूख जिल्ला अधिकारी सुरेश पन्थीको सक्रियाताले जिल्लाका हरेक प्रासनिक ब्यबस्थापन अति सुन्दर तवरले अगाडि बढिरहेको अवस्था रहेको देखिन्छ ।
जिल्लामा आए देखि अधिकारी पन्थीको सक्रियताले सार्वजनिक प्रशासनबाट बिना झन्झट सेवाहरु नियमित रूपमा अगाडि बढिरहेको अवस्था रहेको पाईन्छ ।
आम जनताको पिर मर्कालाई ख्याल गर्दै जिल्लाका प्रसासनिक निकायको प्रत्येक दिन नियमित अनुगमन र सुधारको लागि व्यापक छलफलको सकारात्मक बाटो अपनाएर अगाडि बढिरहेका प्रमुख जिल्ला अधिकारी पन्थीले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै जिल्ला स्थित पशु क्वारेन्टाइन सबन्धमा छलफल गर्नु भएको छ ।
नवलपरासीको परासीमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीज्यूको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरु, पशु क्वारेन्टाइन कार्यालय, महेशपुर भन्सार कार्यालय, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला स्थित विभिन्न क्षेत्रका व्यवसायी तथा कृषक प्रतिनिधि लगायतको उपस्थितिमा क्वारेन्टाइन सेवाको विद्यमान अवस्था र भावि चूनौती सम्बन्धमा व्यापक छलफल गरिएको जिल्ला प्रशासन कार्यालय पछिम नवलपरासीले जनाएको छ ।




