मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
लहानमा श्रीराम प्राण प्रतिष्ठानको अवसरमा दीप प्रज्वलनको लागि मेयरद्वारा अपील ।।।
लहानमा श्रीराम प्राण प्रतिष्ठानको अवसरमा दीप प्रज्वलनको लागि मेयरद्वारा अपील ।।।
थाङ्मी चागु डट कम संवाददाता।
२०८० माघ ४ ।
छिमेकी राष्ट्र भारतको अयोध्यामा जनवरी २२ मा हुन लागेको श्रीरामको प्राण प्रतिष्ठानको पावन अवसरमा लाहानका मेयर महेश प्रसाद चौधरीले नगरबासीलाई घर घरमा दीप प्रज्वलनको लागि आह्वान गर्नु भएको छ ।
प्राण प्रतिष्ठानको अवसरमा लहानमा र्याली निकालेर नगर परिक्रमा गरिने भएको छ ।
मेयर चौधरीका अनुसार माघ ८ गते प्राण प्रतिष्ठाको अवसरमा र्यालीले नगर परिक्रमा गर्ने बताउँदै प्राण प्रतिष्ठानको लागि औपचारिक रूपमा मेयर चौधरीले उद्योगी व्यापारी , वडाध्यक्षहरु , समाजसेवी , बुद्धिजीवी , पत्रकार सबैलाई लहानमा हुन गइरहेको कार्यक्रम सभ्य, भब्य र व्यवस्थित बनाउन आह्वान समेत गर्नु भएको छ ।
लहानमा श्रीरामको प्राण प्रतिष्ठानको चर्चाले हर्षोल्लासमय बातावरण बनेको अवस्था रहेको छ ।




