ईफडब्लूडब्लूएमसी’ मलेसियाको कम्पनी संग भएको सम्झौता खारेज गर्न म्यानपावर व्यवसायीको माग ।।।

0Shares

मलेसियाको ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता खारेज गर्न म्यानपावर व्यवसायीको माग

थाङ्मीचागु डट कम संवाददाता
२४ पुष २०८०, मंगलवार ०७:२४

काठमाडौं । वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यावसायीहरुले माग गरेका छन् ।

सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले व्यवसायीहरुलाई सिण्डिकेट गर्नेगरी विचौलियालाई फाइदा हुनेगरी वैदेशिक रोजगार बोर्ड र ‘ईफडब्लूडब्लूएमसी’बीच भएको सम्झौता खारेज गर्नुपर्ने माग गरे ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता अव्यवहारिक र गम्भीर विषय भएकाले खारेज गर्न माग गरे । उनले वैदेशिक रोजगारसम्बन्धी व्यवसाय नै मास्ने गरी सम्झौता भएको आरोप लगाए ।

भण्डारीले तत्काल यसरी भएको सम्झौता खारेज नगरे वैदेशिक रोजगार व्यवसाय बन्द गर्न बाध्य हुने बताए । वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रिक कुटनैतिक पहल गरी हटाउनुपर्ने उनको माग छ ।

भण्डारीले साउदी अरब दुतावास काठमाडौँले कामदारलाई समय र पैसा दुवैको भार पार्नेगरी अनिवार्य गरेको बायोमेट्रिक कुटनैतिक पहल गरी हटाउनुपर्ने बताए । उनले निःशुल्क तालिमका नाममा बनाईएको कार्यबिधिको अनावश्यक मापदण्ड हटाउनुपर्ने पनि बताए ।

भण्डारीले पछिल्लो समय काठमाडौंस्थित साउदी अरब दूतावासले बायोमेट्रिकलाई अनिवार्य गरी कामदारलाई समय र पैसा दुवैको भार पर्ने भन्दै असन्तुष्टि जनाए ।

संघले अभिमुखीकरण तालिमको नयाँ मापदण्डअनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र एल टी नो अगाडी नै तालिमको व्यवस्था मिलाउनुपर्ने माग राखेको छ । त्यस्तै, अवैधानिक मानव तस्करी र विचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको मलेसियाको ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता खारेज गर्न म्यानपावर व्यवसायीको माग।

वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको इसेभेन भिषामा कामदार पठाउन व्यवसायीमार्फत व्यवस्था गर्नुपर्ने माग रहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न पनि सुझाव दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *