मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
प्रवास भारतको दार्जिलिङमा एक युवाको लडेर मृत्यू ।।।
भारतको दार्जिलिङमा एक युवाको लडेर मृत्यू ।।।
थाङ्मीचागु डट कम संवाददाता
सन्तोष ठान्टी थाङ्मी, कार्तिक ३० । भारतको दार्जिलिङमा भाइटीकाको रात भर्याङबाट लडेर एक नेपाली युवाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
कामको शिलशिलामा प्रवासीय जीवन बिताइरहेका करिब ३१ वर्षीय युवा बिकास थामीले टिका थापेर उनी बस्दै आएको घरको भर्याङबाट ओर्लिने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागु घर भई दार्जिलिङमा विगत ५ बर्षदेखि बस्दै आएका थिए ।
उनका दाजुको पनि करिब ८ वर्ष अगाडि दार्जिलिङमै एक पोखरीमा डुबेर मृत्यु भएको थियो ।
घरको एक मात्र छोराको रूपमा रहेको उनको मृत्युले उनका वृद्ध बुबा आमा बहादुरे थामिको घरमा बज्रपात परेको छ ।
नाबालक दुई सन्तानका बुबा रहेको युवकको मृत्युले अत्यन्त नाजुक आर्थिक अवस्थाका थामी परिवार ठूलो पीडा थपिएको छ ।
बुढेसकालका सहारा एक मात्र छोराको मृत्युको खबरले करिब ६५ वर्षीय बुबाको एकातिर सहारा खोसिएको छ भने अर्कोतिर नाबालक दुई सन्तानका मुखको आहारा खोसिएको छ ।
स्वदेशमा रोजगारीको अवस्था नहुँदा दिनानु दिन अकालमा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको अवस्थामा निकायले ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ ।
दार्जिलिङबाट सुस्मिता सिमिर्स्मीको रिपोर्टिङ ।




