प्रचण्ड सरकारले नेपाल संवत्रालाई राष्ट्रिय मान्यता दिएर नेपाल संवत नयाँ वर्ष ११४४ आजबाट प्रारम्भ भएको छ ।।।

0Shares

नेपाल संवतको नयाँ वर्ष ११४४ आज प्रारम्भ

थाङ्मीचागु डटकम
मङ्लबार कार्तिक २८, २०८०

नेपाल संवतको नयाँ वर्ष ११४४ आज प्रारम्भ भएको छ। नयाँ वर्षको स्वागतमा देशभर विविध कार्यक्रम गरिँदै छ।

राष्ट्रिय विभूति शंखधर शाख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गरेका थिए।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

‘लिच्छवीकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शाख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ। आजदेखि सरकारले सरकारी कागजातमा समेत नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *