क्रिकेटको घोषित पुरस्कारका लागि १ करोड ५७ लाख निकासा ।।।

0Shares

क्रिकेटको घोषित पुरस्कारका लागि १ करोड ५७ लाख निकासा

थाङ्मीचागु डटकम
२०८० कात्तिक १८ गते

१७ कात्तिक, काठमाडौं ।  विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए ।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु-१९ पुरुष  सीडब्लुसी एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग- २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

साथै सदस्य-सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाइ दिँदै फाइनलमा सफलताका लागि शुभकामना समेत दिएका हुन् ।

क्रिकेट घोषित पुरस्कार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *