मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १३२ जनाको मृत्यु, १४० घाइते !!!
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १३२ जनाको मृत्यु, १४० घाइते
थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १८ कात्तिक २०८०,
काठमाडौँ । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।
शनिवार बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।
जाजरकोट भूकम्प
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?




