दोलखामा हिन्दु धर्मलम्बीहरुको चाड दशैंको अवधिमा ७ जनाको मृत्यु, ८ घाईते ।।।

0Shares

दोलखामा हिन्दु धर्मलम्बीहरुको चाड दशैंको अवधिमा ७ जनाको मृत्यु, ८ घाईते ।।।
थाङ्मीचागु डट कम ।।
दोलखा । दोलखामा हिन्दु धर्मलम्बिहरुको चाड दशैंको अवधिमा कुटपिट र आगलागीदेखि मानिसको ज्यानै जाने सम्मका घटना भएका छन् ।

कात्तिक ४ गते फुलपातिको दिनदेखि हालसम्मको अवधिमा जिल्लामा आत्महत्याका चार, सवारी दुर्घटनाका दुई, आगलागी र कुटपिट सम्बन्धी एक–एक वटा घटना भएको हो । यी घटनामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । यो अवधिमा कालिञ्चोक गाउँपालिका, वैतेश्वर र तामाकोशी गाउँपालिका तथा भीमेश्वर नगरपालिकाका एक–एक जनाले आत्महत्या गरेका छन् । दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक धर्मेश कुमार यादवका अनुसार फुलपाति, नवमी, एकादशी र द्धादशीका दिन आत्महत्याका घटना भएका हुन् ।

यस्तै, कात्तिक ६ गते नवमीको दिन दोलखाको विगु गाउँपालिका–२ ओराङ स्थित तुकु खोलामा बोलेरो दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको थियो । दुर्घटनामा परी ओराङकी २१ वर्षिया चिनिमाया तमाङ र २३ वर्षिया बालमाई तमाङको मृत्यु भएको छ । जगतबाट ओराङतर्फ जाँदै गरेको बा १४ च ८९३४ नम्बरको बोलेरो दुर्घटनामा हुँदा घाईते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दोलखामा दशैंको अवधिमा कुटपिट र आगलागीदेखि मानिसको ज्यानै जाने सम्मका घटना भएका छन् ।कात्तिक ४ गते फुलपातिको दिनदेखि हालसम्मको अवधिमा जिल्लामा आत्महत्याका चार, सवारी दुर्घटनाका दुई, आगलागी र कुटपिट सम्बन्धी एक–एक वटा घटना भएको हो । यी घटनामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । विगतको वर्षमा झै यो वर्षको दशैंमा पनि दोलखामा अप्रिय घटना भएका छन् । जसका कारण मानिसको ज्यान जानुका साथै लाखौंको धनमाल नष्ट भएको छ ।

कात्तिक ९ गते द्धादशीका दिन दोलखाको जिरी नगरपालिका– १ भेरिखोरमा बोलेरो दुर्घटना भएको थियो । सो दुर्घटनामा परी रामेछाप नगरपालिका–१ गोठगाउँका २२ वर्षीय उत्तम कार्की र उनकी श्रीमती २२ वर्षीया सनिषा बस्नेत घाइते भएका थिए । चरिकोटबाट यार्सातर्फ जाँदै गरेको बा १८ च ५६०६ नम्बरको बोलेरो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा परी घाईते भएका उनीहरुलाई जिरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगु खाल्टुकमा कात्तिक ५ गते अष्टमीको दिन कुटपिटको घटना भएको छ । अपरिचित व्यक्तिले स्थानीय ४५ वर्षिय लोक बहादुर कार्कीलाई कुटपिट गरेको हो । कुटपिट लगत्तै फरार रहेका अपरिचित व्यक्तिको खोजी भइरहेको प्रहरी निरिक्षक यादवले बताउनुभयो । यस्तै, जिरी नगरपालिका–२ मा २० वर्षिया युवती कात्तिक ७ गते टिकाको दिन मृत फेला परेकी थिइन् । सो घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको विगु गाउँपालिका–६ आलम्पुमा कात्तिक ६ गते अष्टमीको दिन आगलागीको घटना भएको छ । स्थानीय झुकिमाया थामीको घरमा आगलागी हुँदा करिव ११ लाख ५० हजार बराबरको धनमाल नष्ट भएको दोलखा प्रहरीले जनाएको छ । विगतको वर्षमा झै यो वर्षको दशैंमा पनि दोलखामा अप्रिय घटना भएका छन् । जसका कारण मानिसको ज्यान जानुका साथै लाखौंको धनमाल नष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *