मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बिरामी बिदेशी नागरिकको उद्दार गर्दै नेपाल प्रहरी ।।।
बिरामी बिदेशी नागरिकको उद्दार गर्दै नेपाल प्रहरी ।।।
विनोद मण्डल, कार्तिक ११ । हिमाली जिल्ला सोलुखुम्बुमा यात्राको क्रममा एकाएक बिरामी परेका विदेशी नागरिकलाई प्रहरीले उद्दार गरेको छ ।
स्वीजरल्याण्डका ६५ वर्षीय पुरुष नागरिक HARALD FRANZ EGON सोलुखुम्बु स्थित खुम्बु पासाङल्हामु गा.पा. वाडा नम्बर ०२ लुक्लाबाट खुम्बु पासाङल्हामु गा.पा.वाडा नम्बर ०५ नाम्चे तर्फ जाने क्रममा उनको मलद्वारबाट अचानक रगत बगी बिरामी भएको थियो ।
यात्राको क्रममा बिरामी भएको खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुका प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी टोलि र रणशुर गुल्म नाम्चे सोलुखुम्बुबाट खटिएको संयुुक्त टोलिले उनलाई स्टेचरमा राखेर १० किलोमिटर बोकेर उद्धार गरि उपचारको लागि खुम्बु पासाङल्हामु गा.पा.३ नाम्चे स्थिति रहेको हिमालयन शेर्पा अस्पताल टोकटोकमा पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।





