थाङ्मीचागु स्थापना देखी आधुनिकतासम्म पुर्याउनु नर्जुम र जिदार ठान्टी गोडाइचाको सन्तानहरुको ठूलो योगदान रहेको छ ।

0Shares

थाङ्मीचागु स्थापना देखी आधुनिकतासम्म पुर्याउनु नर्जुम र जिदार ठान्टी गोडाइचाको सन्तानहरुको ठूलो योगदान रहेको छ ।

थाङ्मीचागुको जिउँदो इतिहास :- सन्तोष ठान्टी थाङ्मी

थाङ्मीचागुमा एउटा यस्तो खल्क थिए ! जो अतिनै देश प्रेमी आफ्नो समाजप्रेमी दूरदर्शी न्यायप्रेमी त्यो हो नर्जुम र जिदार ठान्टी आक्यङ्मी खलक थियो ।
थाङ्मीचागुले नर्जुम ठान्टीको सन्तान चाँगेहाङ्ग ठान्टी थाङ्मीको नाति झगरिया ठान्टी थामीको छोरा फेन्दो गोडाइचा ठान्टी थाङ्मी र उहाको साख सन्तान पाउनुनै थाङ्मीचागुको लागि सौभाग्य थियो । नर्जुम ठान्टीको सन्तान फेन्दो ठान्टी थाङ्मी गोडाइचा एक योद्धा दुरदर्शि समाजप्रेमी समुदायप्रेमी देशप्रेमी न्यायप्रेमी साहसिक तालुकदार हुनुहुन्थ्यो ।
आजको आधुनिक थाङ्मीचागुको इतिहासमा शिक्षाको क्षेत्रमा पहिलो चोटि स्कुल पढ्नुपर्छ भनेर श्री फेन्दो ठान्टी थाङ्मी गोडाइचाले सन् २०२२ सालमा बिधालय स्थापन गर्नु भएको थियो । र थाङ्मीचागु बासीलाई शिक्षा प्राप्त गर्नु पर्छ भने पनि टोल टोलमा गएर प्रशिक्षण दिनु हुन्थ्यो र त्यस पछि दलमान ठान्टी थाङ्मी लाई बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएर शिक्षा यसरी अघि बढेको थियो शिक्षाको क्षेत्रमा ।
श्री फेन्दो ठान्टी थाङ्मी गोडाइचाको जेठा छोरा श्रि तुलेहाङ ठान्टी थाङ्मी गोडाइचा एक दुरदर्शिता र समाजको नेतृत्व गर्नु हुन्थ्यो । र उहाँ सन् २००५ सालमा तालुकदारको पदमा जिम्मेवारी लिनु भएको थियो र उहाले धेरै लामो समय सम्म समाजको नेतृत्व गर्नु भएको थियो उहाको रिटायर पछि । श्रि फेन्दो ठान्टी थामी गोडाइचाको नाति श्रि तुले ठान्टी थाङ्मी गोडाइचाको जेठा छोरा श्री भाजु ठान्टी थाङ्मी गोडाइचाले आफ्नो सारा जिबन नै थाङ्मीचागु समाज र थाङ्मीचागुबासीको जिबन परिबर्तन गर्नुलाइ आवती दिनु भएको थियो ।

श्रि भाजु ठान्टी थाङ्मी गोडाइचाको राजनीति यात्रा सगै धेरै चुनौतीको समान गर्नु परेको थियो । र पनि उहाँ एक वीर योद्धा थिए अती हिन्दुबादी राणा र साहको अन्याय अत्याचारको फलामे जन्जिरको सामान गर्नु सक्ने एक साहसिक वीर युद्ध थिए । उहाले थाङ्मीचागुमा धेरै लामो समय सम्म नेतृत्व गर्नु भयो । उहाँ धेरै दयालु सफा मनको हुनुहुन्थ्यो , उहाले गर्नु भएको परिबर्तन र बिकास ।
सन् २०३७ सालमा बिश्वखाध्याबाट कापाराङ्ग बाट मैरे खोला सम्म गोरेटो बाटो निर्माणको नेतृत्व गर्नु भएको थियो ।

श्री भाजु ठान्टी थाङ्मी सन् २०४० सालमा उहाँ उपप्रधान पन्च भए पछि थाङ्मीचागुमा पहिलो चोटि R.S.D.P बाट जम्मा १३ वोट धारा ल्याउनु भएको थियो तेस पछि थाङ्मीचागु बासिले खोल्सा कुवा बाट मुक्त भएर धाराको शुद्ध सफा खानेपानी खानु थालेको थियो ।

सन् २०४५ सालमा बन जङ्गलको संरक्षक गर्नु पर्छ भनेर लागे पछि सन् २०५० सालमा निजार ठान्टीको सन्तान श्री सार्कीमान ठान्टी थाङ्मी र श्री रहमान हार्बा थाङ्मी श्री भाजु ठान्टी थाङ्मीको नेतृत्वमा नै समुदायक बन श्री बोक्लथली बाघखोर बन उपभोक्त समिति स्थापन गर्नु भएको थियो र अध्यक्ष पनि भाजु ठान्टी थाङ्मी नै हुनु भएको थियो ।

सन् २०५१ सालमा बत्तिको क्षेत्रमा पनि ठान्टी थाङ्मीहरु उतिनै ठुलो भुमिका खेल्नु भएको छ चरिकोट आसपास क्षेत्रमा दोलखाको फुलपा सम्म बिजुलीको लाइन नआएको अबस्थामा हाम्रो थाङ्मीचागु बासी जनतालाई बत्तीको उज्यालो प्रकाश दिनुलाइ पनि श्री भाजु ठान्टी सार्कीमान ठान्टी चित्र बहादुर ठान्टीको सयुक्त भुमिका पछि भाजु ठान्टी काठमाडौ गएर १ महिनाको भ्रमण अनुगमन गरेर फर्के पछि पहिलो चोटी ६० हजारमा निर्माण कमिटीको अध्यक्ष रहमान थाङ्मीलाइ बनाएर सुरु गरेको काम थाङ्मीचागुमा सन् २०५६ सालमा बिजुली बत्ती बाल्नु सफल हुनु भएको थियो ।

सन् २०४२ सालमा सरसफाइको क्षेत्रमा जताततै दिसा पिसाब गर्नु हुन्न अब हामीले पाइखान बनाए पाइखानामा दिसा पिसाब गर्नु पर्छ भनेर सिकाने पनि थाङ्मीचागु बासीलाई श्री भाजु थामीको नेतृत्वमा नै बस्तीमा पाइखाना निर्माण गर्नु सुरु गरेको थियो ।

सन् २०४३ सालमा नेपाल थाङ्मी समाजको दोल्खा जिल्ला अध्यक्ष पनि हुनु भएको थियो । र यो राजा बिरोधिहरु भनेर एकल नश्लिए ब्राह्मणबादी हिन्दुबादी साहले जेलमा पनि कोच्नु भएको थियोे । सन् २०४५ सालमा B.p.L बाट मैरेको पुल सर्किमान ठान्टी र भाजु ठान्टी थाङ्मीको अध्यक्षतामा निर्माण भएको थियो ।

सन् २०३९ सालमा भाजु ठान्टी थाङ्मी सार्कीमान ठान्टी चित्रबहादुर ठान्टी नन्जिते ठान्टी र रहमान थामीको सयुक्त भुमिका पछि सर्किमान ठान्टी थाङ्मीको अध्यक्षता श्रि कालिन्चोक प्रा.बि निर्माण भएको थियो ।

सन् २०४२ सालमा भाजु ठान्टी थामीको धर्म पत्नी श्रीमती सोमाती ठान्टी थामी महिलाहरुको पनि आफ्नो समाज परिबर्तन र बिकासमा सहभागिता हुनुपर्छ भनेर पहिलो चोटि थामी समुदायको महिलामा स्वास्थसम्सेबिक हुनु भएको थियो ।

सन् २०५२ सालमा सार्कीमान ठान्टी थामी गाउँ बिकास समितिको अध्यक्ष भए पछि त झन ठूलो परिवर्तन भएको थियो ।
श्री सार्कीमान ठान्टीको नेतृत्वमा धेरै बिकासको योजनाहरु सम्पन्न भएको छ ।
सोर्पाको झोलोगे पोल निर्माण सप्पन्न भएको छ ।
सन् २०५५ सालमा सार्किमान र भाजु ठान्टिको संयुक्त भुमिकामा सुनखानी सङ्गबा रोडको सर्बे भएको थियो ।

खोपाचागु १/२ साबिक थामीचागु परिबर्तन र बिकासको
जेट बिमानको पाइल्टहरु
(भाजु ठान्टी र सर्किमान ठान्टी )
सहचालकहरु
चित्र बहादुर ठान्टी
ढेवा ठान्टी
नन्जिते ठान्टी
मनि कुमार ठान्टी
रहमान हार्बा-निर्माण कमिटीको अध्यक्ष तामाकोसी जम्किटार लगु जल बिदुत ।
भक्त बहादुर चित्र-निर्माण कमिटीको अध्यक्ष तामाकोसी जम्किटर लगु,जल,बिदुत ।
दल बहादुर गोरे पेन्टे-अप्रेटर लगु जल बिदुत
खम्बा दाङ्गगुरी – टुकि संघ कृषिको पहिलो अध्यक्ष चागुलेलाइ ब्यापार व्यावसायिक गर्नु जग बसाल्ने पहिलो ब्यक्ति ।
बलि हार्बा
नर बहादुर खुर्पे-लगुजल बिदुत सचीव !
नारायण हार्वा – पुर्व बिधालय व्यवस्थापन समिति अध्यक्ष ।
गोरे पेन्टे
मन्जित कोठे
रत्न हार्वा
भैया ठान्टी- अप्रेटर लगुजल बिदुत
ज्ञान बहादुर ठान्टी – अप्रेटर लगुजल बिदुत
नोछे ठान्टी
गन्जामन हार्बा
गान्बा ठान्टी
जुलेरी हार्बा
डबले पेन्टे
सुखामान ठान्टी
खण्डे दाङ्गुरी
महिला स्वास्थ्य स्वयंसेविकाहरु सुरुवातीको क्रममा ।
रमन्ती चित्रे ठान्टी (सोढेनि) पहिलो चोटि तालिम प्राप्त ।
सोमाती ठान्टी
पोक्तोली ठान्टी दाङ्गुरी
सन्ची माया हार्वा खुर्पे
गोरि माया चित्रे
सन्ची माया ठान्टी

गुरु आप्पा अर्थात झाक्रीको भुमिका पनि ठान्टि खलक खुङ्खार हुनुहुन्थ्यो
थापु ठान्टी भाडारी ठान्टी खररा ठान्टी चित्र बहादुर ठान्टी
र सबै सात गाउँको गुरु आप्पा अर्थात झाक्रीहरुको सिनियर चहि थापु ठान्टी हुनुहुन्थ्यो उहाँ धेरै कुरामा अब्बल हुनुहुन्थ्यो उहाँ मादले सिकारी पनि हुनुहुन्थ्यो । अहिले उहाको बिडा उहाको कान्छा छोरा चित्र बहादुर ठान्टीले थाम्नु भएको छ चित्र ठान्टी एक राजनीतिगे ब्याक्ती पनि हुनुहुन्छ थामीचागुलाई बिकास र परिवर्तनमा उहाको पनि ठूलो योगदान छ ।

सिकारी गरुवा र बर्मीमा पनि ठान्टी खलक खुङखार हुनुहुन्थ्यो ।
राते ठान्ती थाङ्मी गरुवा सिकारी बर्मीमा धेरै अब्बल हुनुहुन्थ्यो ।
उहाँ एउटा फौजी पनि हुनुहुन्थ्यो । उहाले पनि समाजको लागि राम्रो काम गरेर जानू भयो ।

बिक्रम ठान्टी थामीको सामाजिक योगदान ।

श्रि भाजु ठान्टी थामीको जेठा छोरा बिक्रम ठान्टी थामी
उहाँ एक वीर योद्धा हुनुहुन्छ ।
नेपालमा लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षता ल्याउनुमा उहाँको पनि धेरै ठूलो योगदान छ ।
सन् २०५८ मा परिबर्तनको लागी मर्नु र मार्नुलाई उहाँ माओवादी पार्टीमा प्रवेश गरेर । जनमुक्ति सेनाको सेकेन लप्टन पथमा हुनुहुन्थ्यो ।

सन् २०६६ थामीचागु युवा कल्बको स्थापन अध्यक्ष श्री भाजु ठान्टी थामीको जेठा छोरा श्री बिक्रम ठान्टी थामीले गर्नु भएको थियो ।

सन् २०६८ थामीचागु समुदायक बिकास मंच दर्ता गर्नु भएको थियो

सन् २०७२ सालको भुकम्प पाछी धोस्ता भएको स्कुल श्री बिक्रम ठान्टी थामीको निर्माण कमिटी नेतृत्वमा पुर्णनिर्माण गर्नु भएको थियो ।

उहाको सहयात्री साथीहरू पनि हुनुहुन्थ्यो ।
लाल ठान्टी
बिकास हार्बा
जिबन हार्वा
गोपाल हार्वा
तरा बहादुर ठान्टी
तुल बहादुर ठान्टी (कितुका)
लालमती ठान्टी थाङ्मी
गन्जमन ठान्टी (भाजु ठान्टी को भाइ )

प्रबाश मलेशियामा पनि युवा कल्बाको संयोजक दलमान (सेते ) ठान्टी थामीले गर्नु भएको थियो ।

सन्तोष ठान्टी थामीको सामाजिक योगदान
श्रि भाजु ठान्टी थामीको कान्छा छोरा सन्तोष ठान्टी थामीको जन्म मिति :- २०४६-१०- १४ गते दोलखा जिल्लाको थामिचागुमा भएको थियो ।
उहाँ एक दुरदर्शि सुन्दर मनको धनी समाज सेवी सहयोगी र राजनितीज्ञ हुनुहुन्थ्यो । सन् २०७३ सालमा उहाले मङ्गोल नेशनल अर्गनाइजेसन संगठनको सदस्यता लिनु भएको थियो । उहाँ संगठनमा सक्रिय भुमिका खेल्नु भयो । सन २०७६ सालको प्रबास सभा मलेशियाको केन्द्रिय कोषाध्यक्षको भुमिकामा हुनुहुन्थ्यो । सन् २०७४ सालमा संगठनको विचारमा गडबडी भए पाछी उहाहरुले mno.d.gg संगठन निर्माण गरेर उहाँ प्रबास सभा मलेशियाको सल्लाहकार मा हुनुहुन्थ्यो ।उहाँ राजनीतिज्ञ मात्र होइन समाजिक अभियान्ता पनि हुनुहुन्थ्यो ।उहाको नेतृत्वमा धेरै आर्थिक संकलन गरेर दिन दुखी बेसाहारा पीडितहरु लाई सहयोग पनि गर्नु भयो ।थामीचागुमा आर्थिक क्रान्ति गर्नु पर्छ भनेर श्री भाजु ठान्टी थामीको कान्छा छोरा सन्तोष ठान्टी थामीको नेतृत्वमा सन् २०७८ भदौ १५ गते निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्था निर्माण गर्नु भयो ।थामीचागुमा र थामीचागु बासीले आफ्नो सस्कार सभ्यताको रक्षा गर्नु पर्छ भनेर थामीचागुमा सस्कृतिक क्रान्तिको आवश्यकता छ भन्ने बिचारका साथ सन्तोष ठान्टि थामीको नेतृत्वमा सन् २०७७ जेठ २ गते निको युगान्तकारी सस्कृतिक परिवार थाङ्मीचागुको स्थापना गर्नु भयो र थामीचागु बासीलाई पहिलो चोटि आफ्नो थामीको पहिरन भाङ्रा फेटा बैधानिक तरिकाले लगाउनु लगाएको पनि सन्तोष ठान्टिको नेतृत्वमा नै भएको थियो । थामीचागुलाइ संचारको माध्यममा पनि जोड्नु पर्छ भनेर सन्तोष ठान्टी थामीको नेतृत्वमा सन् २०७७ साहुन १ गते www.thangmichagu.com अन्लाईन मिडिया स्थापना गर्नु भयो ।थामीचागुलाई २१ औ शताब्दीको मोडेलको समाज र समुदाय सक्षम हुनुपर्छ भनेर सबै कुरामा आत्मा निर्भरता हुनुपर्छ भनेर सन्तोष ठान्टि थामीको सस्थापक नेतृत्वमा सन् २०७६ जेठ १९ गते निको युगान्तकारी थाङ्मीचागु युवा मंच इस्थापन गर्नु भएको थियो ।
र उहाको सहयात्री साथिहरु पनि हुनुहुन्थ्यो ।
संस्थापक अध्यक्ष :- सन्तोष ठान्टी थाङ्मी
संस्थापक सचीव :- गौरव थाङ्मी
संस्थापक अ,नु,सा :- सुस्मिता थाङ्मी
संस्थापक कोषअध्यक्ष :- सगुन थाङ्मी
संस्थापक सदस्य :- कमल थाङ्मी (कार्यबाहक अध्यक्ष )
संस्थापक सदस्य :- यपती नीर बहादुर थाङ्मी
संस्थापक सदस्य :- लोङ्से ठान्टी थाङ्मी
संस्थापक सदस्य :- रेङ्ग खुर्पे ।
संस्थापक सदस्य :- सम्राट थाङ्मी
अदि..

श्री सरिता ठान्टी खुर्पे उहाँ श्री भाजु ठान्टीको एक मात्र छोरी हुनुहुन्छ । सन् २०५३ सालमा उहा लक्ष्मी समुहको सचिव पथको भुमिका मा हुनुहुन्थ्यो ।
सन् २० ६४ सालमा उहाले रिफ्रेट कक्षा चलाउनु भए थियो सन् २०६८ सालम तामाकोसी जम्किटार लगु जल बिदुतको अध्यक्ष हुनु भएको थियो ।
सन् २०७२ सालमा महिला स्वयंसेविकामा नियुक्ति हुनु भएको थियो । सन् २०७६ मा महिना संजालको अध्यक्ष हुनु भएको थियो ।सन् २०७६ मा गरिबी निवारणको अध्यक्ष हुनु भएको थियो ।सन् २०७९ मा निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी सस्थको उपसमितिको अध्यक्ष हुनु भएको थियो ।
थामीचागुको बिकास अनि परिबर्तनमा उहाको पनि धेरै ठूलो योगदान रहेको छ ।

पहिला थाङ्मीचागुको सुरुको इतिहास

चार पगरिको शासन व्यबस्था

थाङ्मीचागुको थर हरु को इतिहास

नेपाली राजनीतिमा पुर्खाले गरेका योगदान

वर्तमान समयमा युवाको भुमिका ।।।

१)#पहिला थाङ्मीचागुको सुरुको इतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *