मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
घाइतेको सहयोगमा अस्पतालमा पुगे पाण्डे ।।।
घाइतेको सहयोगमा अस्पतालमा पुगे पाण्डे ।।।
विनोद मण्डल,कार्तिक ७ । नवलपरासीको पटखौली जाने बाटोमा पर्ने बैकुण्ठा पुरमा टुटेको पुलमा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको सहयोगका लागि समाजसेवी रवि पाण्डे तत्काल अस्पताल पुग्नु भएको हो ।
बैकुण्ठापुरस्थित टुटेको पुलमा भएको मोटरसाईकल दुर्घटनामा परी रामग्राम १४ रेक्सहवाका २८ वर्षीय रामाकान्त केवट र सरावल गोबरहियाका १७ वर्षीय ऋतु हरिजन घाईते भएको हो ।
जीर्ण अवस्थामा रहेको पुलमा करिब २७ औ पटक दुर्घटना भएपनि निकाय मौन बसेको अवस्था छ ।
दुर्घटनामा परी घाइते भएको दुवैलाई स्थानियको सहयोगमा एम्बुलेंक्समार्फत परासीस्थित पृथ्वीचन्द्र अस्पताल पुर्याईएको स्थानियलाई उद्दृद् गर्दै रामग्राम गतिविधिले जनाएको छ ।
अस्पतालको आकस्मिक कक्षमा घाईतेहरुको उपचार भइरहेको अवस्था रहेको छ ।
सख्त घाइते भएका व्यक्तिहरू राम्ररी बोल्न सक्ने स्थितिमा नभएको बुझिएको छ ।
अस्पताल पुगेर समाजसेवी पाण्डेले घाईतेहरुको सिग्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहजताका वातावरण मिलाउनु भएको हो ।




