गडमेमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।

0Shares

गडमेमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल, असाेज २७ । सिरहाको धनगढीमाई १२ गडमे स्थित नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

धनगढीमाई नगरपालिका वाडा नम्बर १२ नेपाली कांग्रेस कार्यसमिती द्वारा आयोजित बिजया दशमी , शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्रि नेत्री महा लक्ष्मी डिणा उपध्यायको प्रमुख आथित्यमा सम्पन्न गरिएको हो ।

आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव , धनगढीमाईका उपमेयर संगिता चौधरी, वाडा अध्यक्ष ओम यादव लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा सभापति रामचन्द्र यादवले शुभकामना आदानप्रदान गर्दै धनगढीमाई नगरपालिकालाई विकाशको मूलधारमा ल्याउने आफ्नो चाहना रहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *