मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
MNO-DGG संगठनले बिश्व मूलबासी दिवस भव्यताका सम्पन्न गरेको छ ।।।
मूलबासी दिवस भव्यताका सम्पन्न ।।।

सन्तोष ठान्टी मङ्गोल ।
भिडियो सहित ।
किरात प्रदेश १, ईटहरीमा २१ औं सताब्दी अहिन्दु मूलबासी मंगोल मुक्तिको सताब्दी हो भन्दै मंगोल नेसनल अर्गनाइजेसन डा गोपाल गुरुङद्वारा २९ औं विश्व मूलबासी दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

इटहरीको राष्ट्रिय बाणिज्य बैंक अगाडि गरिएको कार्यक्रममा प्रमुख अथिती बिरलाल वालाहङ राई विशेष अथिती पूर्व मन्त्री विश्वेन्द्र पासवान , अथितीहरू साथै नेपाल आइडल बिजयता बुद्ध लामा कलाकार स्थानीय कलाकारहरुको सहभागितामा आयोजित कार्यक्रममा विभिन्न मंगोल समुदायको झाँकीहरु प्रस्तुत गरिनुका साथै विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो ।

आयोजित कार्यक्रममा मूलवासी मंगोलहरुको आवाज भन्दै विभेदरहित समाज, सम्पूर्ण अहिन्दू मूलवासी मंगोलहरुको एकता, देश विकास, रोजगार र शान्तिको आवश्यकताको निम्ति मूलवासी मंगोललाई राज्यको ताला चाबी सत्ता अनिवार्य ल्याउनुपर्ने वक्ताहरुले बताएका छन ।






