नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
सप्तरीका पत्रकारहरु आन्दोलित ।।।
सप्तरीका पत्रकारहरु आन्दोलित ।।।
विनोद मण्डल, साउन २५ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढ्दा पत्रकारहरु आन्दोलित भएका छन ।
नेपालको संविधानको भाग ३ को धारा १९ को उपधारा १ र उपधारा ३ को समेत खयाल नगरी जिल्ला प्रशासन कार्यालय परिसरमा पत्रकार सर्वसाधारणले बिना अनुमति कार्यालयको फोटो , भिडियो लगायतका सामाग्री प्रकाशन प्रसारण गरेको खण्डमा कानुनी कारवाही भैजाने बताएपछि नेपाल पत्रकार महासंघ सप्तरीका पत्रकारहरु आन्दोलित भएका छन ।
प्रशासनबाट असुरक्षित महसुस गर्दै आएका पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार महासंघ सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेकाे सूचनालाई २४ गते राति ८ बजेसम्मको समय सूचना सच्याउनका लागि अल्टिमेटम दिएको थियो तर जिल्ला प्रशासन कार्यालयले अल्टिमेटमको सुनुवाई नगरेपछि सप्तरी सिडिओको जङ्गे उर्दी फिर्ता लिन महासंघको ३ घण्टाको अल्टिमेटम सके तासै आन्दोलनको शंखनाद भएको थियो ।






