मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
सडकको अवस्था जीर्ण निकाय मौन ।।।
सडकको अवस्था जीर्ण निकाय मौन ।।।
विनोद मण्डल, साउन २२ । सिराहाको धनगढीमाईको नैंनपुर सडखण्डको जिर्नताप्रती निकाय मौन दर्शक बनिरहेका छन ।
धनगढीमाई ११ को नैंनपुर सडखण्डको दुम खोला स्थित आपसी विवादले पानीको निकास बन्द भएपछि स्थानिय दुर्गन्धित वातावरणमा बाँच्न विवश भएका छन ।
स्थानियहरुले सडक मिच्दै सडकको पानी निकाशको बाटो बन्द गर्दा वर्षौ देखि सडकमा पानी जम्दा ठटीया नैंनपुर सडखण्डको उक्त ठाउँमा आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको देखिन्छ ।
सडक मिच्दै स्थानियले दुवै तर्फ अवरोधको सिर्जना गर्दा उत्पन्न समस्यालाई हालसम्म धनगढीमाई नगरपालिकाले समाधानको कुनै पहल गरेको देखिदैन भने हालसम्म समस्याको निकाश नहुँदा स्थानीयमा विभिन्न किसिमका रोगका समस्या देखिन सक्ने अवस्था रहेको देखिन्छ ।





