मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
गर्वती महिलालाई हर्लिक्स वितरण कार्यक्रम सम्पन्न ।।।
गर्वती महिलालाई हर्लिक्स वितरण कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल, साउन १९ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं ३ कुर्वामा गर्वती महिलाहरुलाई एक दिने चेतना मूलक तालिमसँगै हर्लिक्स वितरण गरिएको छ ।
शक्ति महिला सामुदायिक संस्थाको आयोजना तथा हेल्पिङहर्टको बिशेष सहयोगमा कुर्वा स्थित मावि विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा उपस्थित करिब ४ दर्जन गर्वती महिलाहरुलाई आवस्यक चेतना मूलक तालीम प्रदान गर्दै सहभागी सवैलाई हर्लिक्स वितरण गरिएको छ ।
वाडा अध्यक्ष वीरेन्द्र शाहको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा हेल्पिङ हर्टका मेराज खानलगाएत सस्थाका प्रतिनिधिहरु स्थानिय स्वास्थ्यकर्मीहरु, साजाजसेवी ,जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु ,स्थानिय समाजसेवी , ।राजनीतिकर्मी, बुद्धिजीवी, पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएकाे हो ।
कार्यक्रममा शक्ति महिला सामुदायिक संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाले ” गर्वती र प्रशव अवस्थाकी महिलाहरुले सरसफाई,आराम र खानपिनमा बिशेष ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भएको थियो ।
सस्थाका मेराज खानले महिलाहरूको सहभागिता देखेर खुशी भएको धारणा राखेका थिए ।
वाडा अध्यक्ष शाहले स्वच्छ समाज निर्माणका लागि महिला अग्रसर हुनु पर्ने धारणा राख्दै सहभागी सवैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
अनिता चौधरीको उद्घोषणमा संचालित कार्यक्रममा स्वागत मन्तब्य अमृता शाहले गर्नु भएको थियो ।





