मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित ।।।
विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित जेठ १२ सन्तोष ठान्टी थाङ्मी । दोलखाको विगु गाउँपालिकामा रहेको कालिञ्चोक माविको पठन पाठनमा सुधार आएपछि स्थानीय खुशी भएका हुन ।

विगतमा पठन पाठनमा व्यापक लापरवाही भोग्दै आएको यस विद्यालयमा स्थानिय युवाहरूको चासो बढेपछि सुधार देखिएको हो ।

स्थानिय शिक्षा प्रेमिहरुको अथक प्रयासले विद्यालयमा नियमित पठन पाठन हुन थालेपछि स्थानीय खुशी देखिएका हुन ।

विगु गाउँपालिकाले भर्खरै पालिकाको
८ वटै वडामा रहेको बिद्यालयहरुका बिद्यार्थीहरु लाई सहभागी गराई भर्खरै आयोजना गरेको वडा स्तरीय अन्तर विधालय अतिरिक्त कृयाकलापमा यस विद्यालयले जीत हासिल गरेको हो ।

कक्षा १ देखि ३ सम्मकाे बालबालिकाहरुलाई नेपाली हिज्जे + english contest साथै ६ देखि १० सम्मका विद्यार्थी भाईबहिनीहरुलाई प्रजनन स्वस्थ्य सहितको कार्यक्रममा सहभागी गराइएको थियो ।

आयोजित कार्यक्रम अन्तर्गत english contest मा प्रथम र नेपाली हिज्जेमा दितिय स्थान कालिन्चाेक मा. वि ले हात पार्न सफल भएको छ ।

विद्यालयले पुरस्कार स्वरुप नगद र प्रमाणपत्र सहभागी अथिती ज्यूहरुबाट प्राप्त गरेपछि स्थानीय हर्षित भएका हुन ।

कार्यक्रममा शिक्षा शाखा अधिकृत लक्ष्मि रिजाल वाड अध्यक्ष हिरा थामी लगायतको सहभागिता रहेको थियो ।
विद्यालयले यसरी जीत हासिल गरेपछि कालिञ्चोक मा.वि का प्राध्यापक सुन्दर प्रकाश पान्डे सर र,विद्यार्थी शिक्षक,शिक्षिका ज्यूहरुलाई स्थानियले बधाई तथा धन्यवाद दिदैं आभार प्रकट गरेका छन ।





