मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सिसी क्यामेरालाई चुनौती दिँदै अस्पताल परिसरमा भेटिए नवजात शिशु ।।।
सिसी क्यामेरालाई चुनौती दिँदै अस्पताल परिसरमा भेटिए नवजात शिशु ।।।

बिनोद मण्डल जेठ १३ । सिरहाको लहान स्थित रहेको सरकारी अस्पताल परिसरमा रहेको गेटको केही भित्रपट्टी पछिमी छेउको खाली कोठामा राखिएको टेबूलमा रातो सल ,गम्छा र न्यानो झोलामा राखिएको अवस्थामा रोइरहेको एक नवजात शिशु फेला परेको हो ।
गए राति करिब १२ बजेर ३० मिनेटको समयमा उक्त ठाउँमा बच्चा रोइरहेको आवाज सुनेर त्यहाँ स्थित सुरक्षा गार्डले थाहा पाई अस्पताल प्रशासनलाई खवर गरेको अस्पतालमा कार्यरत नर्सिङका विमला थापाले जानकारी दिनुभएको छ ।
शिशुको बारेमा थाहा पाए लगत्तै प्रहरी टीम, डाक्टर टीम र नर्शिम टिमका सबै पुगेर शिशुलाई उद्धार गरेका थिए ।
पहिचान गरिएको छोरी शिशुको तौल ३ केजी १०० ग्राम लम्बाई ४८ सिएम रहेको उक्त शिशु करिब १५ देखि २० दिनको हुनसक्ने नर्सिङका विमला थापाले बताउनु भएको छ ।
लहान अस्पतालमा राखिएको उक्त शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको स्याहारमा यतिबेला विमला थापा जुट्नु भएको छ ।
करिब एक हप्तासम्म अस्पतालमा शिशुलाई राखेर आवस्यक कानुनी प्रक्रिया अगाडि बढाइने बुझिएको छ भने शिशु बेवारिसे छोडेर भागेको व्यक्तिहरूको खोजी कार्य भइरहेको बुझिएको छ ।
अस्पताल परिसरमा राखिएको सिसी क्यामेरालाई चुनौती दिँदै यसरी भागेको व्यक्तिको बारेमा यतिबेला अस्पताल प्रशासन मौन बसेको देखिन्छ ।





