आज अन्तर्राष्ट्रिय नारी दिवस श्री कालिन्चोक माध्यमिक बिद्यालयले थामीचागुमा मनाइँदै ।।।

0Shares

आज अन्तर्राष्ट्रिय नारी दिवस श्री कालिन्चोक माध्यमिक बिद्यालयले थामीचागुमा मनाइँदै ।।। नारी कर्मचारीलाई बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षले फुल माला लगाएर सम्मान गर्नु भएको छ भिडियो सहित ।।

थाङ्मीचागु । आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।

“नारी दिवस अवसरमा कालिन्चाेक माध्यमिक विध्यालयले नारी दिवस विद्यार्थी र अभिभावक का साथ र्यालि सडक नाटक र बकतित्वकला ,नित्य का साथ भव्य रुपमा मनाएकाे छ! लैङ्गकि समान्नता सम्मान शुसासन, हाेस शुभकामना !!

नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।

आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।

धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । नेपालमा पनि बिदा दिइने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *