थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
जेसिजको सहयोगमा किशोरीहरुलाई स्वास्थ्य सामग्री बितरण ।।।
जेसिजको सहयोगमा किशोरीहरुलाई स्वास्थ्य सामग्री बितरण ।।।

विनोद मण्डल फाल्गुन २४ । “लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच ” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय महिला दिवस नवलपरासीको पाल्हिनन्दन ३ बेलासपुरमा भव्यताका साथ मनाइएको छ ।

सन् १९११ मार्च ८ मा क्लारा जेट्किनले महिलामाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा यो दिवस मनाउने गरेको पाईन्छ ।
आज विश्वभर ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस अनेकन कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ३ स्थित रहेको मदरसा स्लामिया आधारभुत बिद्यालयमा रामग्राम महिला जेसिजकाे आयोजनामा बर्ष २०२३ का अध्यक्ष जोगमाया चौधरी र पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ज्युको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा करीब ५० जना किशोरीहरुलाई स्वास्थ्य सामग्री र शैक्षिक सामग्री बितरण गरिएको छ ।
सामाग्री अंतर्गत किशोरीहरुका लागि सेनेटरी प्याड ,साबुन ,सेनेटाइजर र स्टेशनरी समान बितरण गर्दै समाजका लागि राम्राे काम गर्नेलाई सम्मान समेत गरिएको छ ।


आयोजित कार्यक्रममा रामग्राम महिला जेसीजका कार्यकारीणी उपाध्यक्ष रामग्राम ४ जितपुर निवासी जेसी सरिता कुर्मीले आफ्नो श्रीमान अवधेश कुर्मी ज्युलाई आफ्नो मृगौला दिई महान कार्य गरेकोमा आयोजित कार्यक्रमका बीच बिशेष धन्यबाद सहित जेसिसले सम्मान
समेत गरेको छ ।
कार्यक्रममा महिला माथि हुने सबै प्रकारका विभेद ,हिंसा, असामनता अन्त गर्न समाजका सबै एक जुट भएर लाग्नुपर्ने वक्ताहरुले बताएका छन भने कार्यक्रममा स्थानिय समाजसेवी ,राजनीतिकर्मी , विभिन्न संघसंस्था सङ्ग आवद्ध आम उच्च व्यक्तिहरूको समेत सहभागिता रहेको बुझिएको छ ।





