नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
प्रधानमन्त्री बन्न प्रचण्डले जनतालाई धोका दिएको मोहनविक्रम दाबी
नेपाल कम्युनिस्ट पार्टी मसालले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुन नकपा एमालेसँग मिलेको भन्दै आपत्ति जनाएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रधानमन्त्री हुन पाँच दलीय गठबन्धन तोडेर सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य गरेको ठहर गरेका हुन् ।

उनले भनेका छन, ‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो कार्य जनतासित ठूलो धोका पनि हो । उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौं ।’ उनले प्रधानमन्त्री बन्न प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित पनि गठबन्धन गरेको आरोप लगाएका छन् ।





