नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
झुन्डिएको अवस्थामा श्रीमती देखेपछि बचाउन खोज्दा श्रीमान्कै मृत्यु
सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिँढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुन्डिएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनी हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासि तल झर्दा ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो । सिँढीबाट लडेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुईँ तल्लामा रहेको सिलिङ पङ्खाको फलामको डन्डीमा तन्नाको पासो लगाई झुन्डिएको अवस्थामा श्रीमती देखेपछि एक्कासि तल झर्दा उनी लडेर घाइते भएका थिए । मृतकले अत्यधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
आत्महत्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेका र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो





