नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रधानमन्त्रीमा हलो अड्किँदैन, भोलि टुङ्गिन्छ : मन्त्री कार्की
कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । शनिबार बालुवाटारमा शक्ति बाँडफाँटका लागि बसेको बैठकपछि मन्त्री कार्कीले आगामी दिनमा गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन् ।

उनले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र छलफल जारी रहेको र कुनै विवाद नरहेको पनि बताए । उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको बताए ।
‘भोलिसम्म तपाईंहरु धैर्य गर्नुस्, आलोपालो प्रधानमन्त्रीमा कसले पहिला नेतृत्व गर्ने भन्नेमा हलो अड्किँदैन’, कार्कीले भने, ‘’प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकाङ्क्षा अनुसार कसरी अघि बढाउने भन्ने महत्त्वपूर्ण कुरा हो । त्यसैले गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ’, मन्त्री कार्कीको भनाइ छ । उनले छलफल जारी रहेकाले भोलि निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्णय गरिने बताए । उनले बैठकमा मुलुकलाई अघि बढाउने विषयमा दलहरूले धारणा राखेको भन्दै बैठक सकारात्मक ढङ्गले अघि बढेको बताए ।





