मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
” म आमा हुँ नि” !!!
” म आमा हुँ नि”
मेरो रगतबाट तिमी
मेरो गर्भमा एक भ्रुण बनी
बस्न सुरु गरिरहदा तिमी
थकान पूर्ण ज्यान केही नभनी
हरेक दिनको पीडामा छट्पटी
कहिले ढाड , कहिले पेट दुखी
कहिले पेतालाले जमिन नटेकी
अनेक पीडामा खेलिरह्यौ नि तिमी
नौ महिने गर्भेमा हुर्केका हौं नि तिमी(२)
दश धारा दूध पिलाउने
तिम्रो दूधे ओठमा खुसी र माया भर्ने
दुनियाँको सामु डाक्टर,धामी झाक्री बन्ने
सबै सबै बन्ने मै त हुँ नि मेरो साने
तिम्रो लालनपालन र शिक्षामा ध्यान दिने
सस्कार र आदर, सम्मान नि गराउने
धर्तीमा पाइला टेक्ने बितिक्कै
जिम्मेवारी सबै मै त हुँ नि उठाउने
म त्यहीँ तिम्रो आमा हुँ ज्ञाने(२)
तिमी दिन फिर्दै बदलिँदो छौं बाबु
तिमी बढे संगै अभिभावक भुल्दैछौ नानी
तिमीले पराई घर जान खोजेउ रे नानु
तिमी पराई ल्याउन प्रेममा बस्दै छौ बाबु
तिमी लगन गाठो कस्दै गर्दा
आमाको कोख छोडेउ अरे
आमाको माया फुकायौ अरे
अनि अब म दिन ढले संगै
म कमजोर भैइसके नि त बाबु(२)
मलाई अब तिम्रो साथ है बाबु
मलाई तिम्रो माया है नानु
भन्दा भन्दै तिमी बुहारीको
हात समाउदै हिड्न थाल्दै गर्दा
बाबु म तिम्रो पछाडि तिम्रो हात
मेरा लागि नि लम्किन्छन कि
भन्दै टुलुटुलु हेरिराछु नि बाबु
म त्यति बेला पनि तिम्रै खुसी
तिम्रै प्रगतिको कामना गरिरहन्छु नि बाबु(२)
proudtobethami
thamiculturaldress
२०७९/०९/०३
हिरा थामी (कोहीनूर)
सिन्धुपाल्चोक






