मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
निजामती कर्मचारी संगठन सिराहाद्वारा सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।।।।
निजामती कर्मचारी संगठन सिराहाद्वारा सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।।।।
बिनोद मण्डल सिंह ३ पुष -। नेपाल निजामती कर्मचारी संगठन सिराहाद्वारा हालैको सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान सहित सम्मान गरिएको छ।
सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित भएका सांसदहरु रामशंकर यादव, शत्रुघन महतो लगायतलाई सम्मान गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राज कुमार रायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ सांसद राम शंकर यादव ,बिशिस्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी,राज कुमार गुप्ता राजुु,राजेन्द्र प्रसाद चौधरी, लगायतका सांसदहरु रहेका थिए ।
कार्यक्रममा वक्ताहरुले बोल्दै निजामती संगठनको गरिमालाई उच्च राख्न सबैतिर बाट आवस्यक सहयोग रहनुपर्ने बताए ।आयोजित कार्यक्रममा अथितिहरुलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको संगठनद्वारा शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रमको उदघोषण नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए ।






