मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मन्थलीमा मनाइयो साहित्यकार घिमिरेको १०औं स्मृतिसभा ।।।
मन्थलीमा मनाइयो साहित्यकार घिमिरेको १०औं स्मृतिसभा
रामेछाप — रामेछापको सदरमुकाम मन्थलीमा वरिष्ठ साहित्यकार एवं समाजसेवी स्वर्गीय जगदीश घिमिरेको १०औं स्मृतिसभा आयोजना गरिएको छ । मल्टिपल माइलोमा क्यान्सरबाट ग्रसित घिमिरेको २०७० साल कात्तिक १४ गते उपचारका क्रममा निधन भएको थियो ।
रामेछापमा तामाकोशी सेवा समिति स्थापना गरी विसं. २०४० सालदेखि घिमिरेले समाजसेवाको अभियान थालेका थिए । मन्थलीमा जन्मेका घिमिरेले उक्त संस्थामार्फत जिल्लाका सीमान्तीकृत र विपन्न समुदायमा खानेपानी, शिक्षा, कृषि, सहकारी, शौचालय, सिंचाइ र आयआर्जनको क्षेत्रमा उल्लेख्य कार्य गरेका थिए । उक्त कार्यबापत राष्ट्रिय/अन्तराष्ट्रिय पुरस्कार पाएका घिमिरे जीवनको उत्तरार्द्धमा समाजसेवाबाट साहित्यतर्फ मोडिएका थिए ।
स्वर्गीय घिमिरेले लेखेको आत्मवृत्तान्तले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । उक्त पुरस्कारपछि साहित्यमा अझ क्रियाशील बनेका उनले सकस उपन्यास प्रकाशित गरेका थिए । सकस पृथ्वीनारायण शाहको समयदेखि माओवादी आन्दोलनसम्मका ऐतिहासिक गतिविधि समेटिएको उपन्यास हो ।
सोमबार जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्वर्गीय घिमिरेको तस्बिरमा माल्यार्पण गर्नुका साथै उनले जिल्लामा गरेको साहित्य र समाजसेवाका बारेमा चर्चा गरिएको थियो ।





