माओवादीको घोषणापत्र ‘स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ !!!

0Shares

माओवादीको घोषणापत्र
‘स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति’

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने मुद्दा अगाडि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी प्रतिबद्धतापत्रमा माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि सारेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन र समृद्धिका लागि स्थिर राजनीति हुनुपर्ने र त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणाली अपनाउन आवश्यक रहेको भनिएको छ । ‘सुशासन र समृद्धिका लागि स्थिर राजनीति, स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भन्ने नारा माओवादीले अगाडि सारेको छ ।
माओवादीले राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा तय गर्ने अभीष्ट पूर्ति गर्नमा विगतको शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने प्रतिबद्धतापत्रमा लेखिएको छ । ‘राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा तय गर्ने हाम्रो अभीष्ट पूर्ति गर्नमा विगतको हाम्रो अनुभवमा संसदीय शासकीय स्वरूप अक्षम सिद्ध भएको छ । संविधान निर्माणको प्रक्रियामा पनि नेपाली जनताले शासकीय पद्धतिमा परिवर्तनको पक्षमा अभिमत व्यक्त गरेका थिए । विगतको अनुभव र जनचाहनाका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएको,’ माओवादीको भनाइ छ ।

शासकीय स्वरुप र पद्धतिमा परिवर्तन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने माओवादीको भनाइ छ । ‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने छ । संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ,’ माओवादीले भनेको छ, ‘प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रिमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ ।’

प्रतिबद्धतापत्रको पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *