थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
चौथो कबडी कबडी प्रतियोगिता आयोजना नहरामा । ।।
चौथो कबडी कबडी प्रतियोगिता आयोजना नहरामा । ।।
बिनोद मण्डल लहान ८ कार्तिक भगवानपुर गाउँपालिका २ नहरा सिरहामा चौथो कबडी कबडी खेल प्रतियोगिता शुरु भएको छ। कार्यक्रममा प्रमुख अतिथी भगवनपुर गा पा अध्यक्ष उग्रनारायण यादव बिशिस्ट अतिथी सखुवानन्कारकट्टि गा पा अध्यक्ष केदारनाथ यादव र भगवानपुर गा पा उपाध्यक्ष रेखा देवि यादव अतिथिहरु सम्पुर्ण वडा अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिहरु रहेको थियो।
बिधिवत शुरु भएको खेलको संचालक सन्जय यादवले दुई जना रेफ्रीहरु सरोज कुमार यादव , भोगेन्द्र यादव र २४ जना खेलाडी बीच खेल शुरूवात गराएका थिए। खेलको माध्यम बाट स्वास्थ क्षेत्रको बिकास लगायत लागुऔषध नियन्त्रण तथा कुलतमा फसेका युवालाई सम्हाल्न खेलको महत्व रहेकोले र अन्तर्राष्ट्रिय स्तरमा भगवानपुर र सखुवानन्कारकट्टि गाउँपालिकाहरुको विभिन्न खेलको खेलाडी पुगोस भन्ने उद्देश्यले विभिन्न खेलको आयोजना भैरहेको जानकारी गा पा अध्यक्षहरु उग्र नारायण यादव र केदारनाथ यादवले दिएका हुन।
आजको पहिलो दिनको खेलमा भगवानपुर ५ र सखुवानन्कारकट्टि ४ बिच भएकोमा ४५ अन्क सहित भगवानपुर पहिलो र ३५ अन्क सहित सखुवानन्कारकट्टि दोस्रो भएका छन। थ्री स्टार युवा संघ भगवानपुर २ को आयोजना दुबै गा पा को सहयोगमा सन्चालन भएको खेल ४ दिन सम्म चल्ने जानकारी आयोजकले दिएका छन।





