बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण

२१ भदौ, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार मंगलबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै खानेपानी तथा सरसफाइ विधेयक अब ऐन बनेको छ ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।





