मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Saturday, May 23, 2026
थप ३०० जनामा कोरोना संक्रमण, १२४ जना निको
२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ३०८ जना होम आइसोलेसनमा रहेका छन् भने १४९ जना संस्थागत आइसोलेसन र ३५ जना आईसीयूमा छन् ।
यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार २९६पुगेको छ ।





