Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
फोहोरले दुर्गन्धित बन्दै राजधानी ।।।

फोहोरले दुर्गन्धित बन्दै राजधानी ।।।
विनोद मण्डल साउन 24
नेपालको राजधानी काठमाडौं फोहोरले दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाइन्छ ।
सहरका मुख्य सडकको पेटीमा स्थानीयद्वारा निकालिएको फोहोर जम्मा गर्ने प्रवृत्ति बढेको पाइन्छ ।
महामहिम लगायत जलबायु परिवर्तनका चर्का नारा दिने सरकारी निकायहरू र गैरसरकारी संस्थाहरुको चर्का भाषण यतिबेला उदाङ्गिएको छ ।
राष्ट्र चलाउने राष्ट्र प्रमुखहरू भएको राजधानी यतिबेला फोहोरले सजिन थालेका देखिन्छन् ।
राजधानीका मुख्य चोकहरुमा यतिबेला फोहोर थुप्रिएका छन्
।
नेपाल प्रहरी र ट्राफिक प्रहरी नियमित ड्युटीमा खटिने मुख्य सडकहरु कोटेश्वर,कालीमाटी लगायतका ठाउँहरुमा फोहोर थुप्रिएको दृश्य सजिलै देख्न सकिन्छ ।
राष्ट्रपति , प्रधानमन्त्री लगायत उच्छ ओहदाका व्यक्तित्वहरू रहेको राजधानी काठमाडौंलाई फोहोरबाट मुक्त गर्न नसक्नु दुःखद पक्ष मानिन्छ ।
सभाको स्टेजमा ठूला ठूला भाषण गरेर राष्ट्रियताको सवालमा ओकालात गर्ने सामाजिक अभियन्ता र नेता गणहरुको आँखा किन जाँदैन फोहोर व्यवस्थापनमा ।




