थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
दरबन्दी कटौतीको खाका पठाउन सामान्य प्रशासनको परिपत्र

२३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तह बाहेक सबै सरकारी कार्यालयहरुलाई दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेकोे छ ।
सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५दिनभित्र पठाउन परिपत्र गरेको हो ।
‘आर्थिक वर्ष २०७९/८० को बजेटमा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० (दश) प्रतिशत दरबन्दी कटौती गरिनेछ । निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन भन्ने उल्लेख छ । बजेटमा व्यवस्था भए बमोजिमको कार्य सम्पादनका लागि प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अगाडि बढ्ने क्रममा रहेको सन्दर्भमा तहाँ मन्त्रालय र अन्तर्गतको दरबन्दी संरचनामा कम्तिमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र यस मन्त्रालयमा पेश गर्नुहुन अनुरोध छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
मन्त्रालयका संगठन विकास महाशाखाका शाखा अधिकृत हरि नारायण शर्माका अनुसार दरबन्दी कटौतीको कार्य सम्पादनका लागि ‘प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग’ गठन हुने भएको छ । मन्त्रीपरिषद्को निर्णयले आयोग गठन गर्नेछ ।




