थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति

रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति
दोलखा — भीमेश्वर नगरपालिका–३ मा रहेको रिचार्ज पोखरी फुटेर आएको बाढीले १० भन्दा बढी घरमा क्षति पुर्याएको छ । आइतबार परेको अविरल वर्षासँगै माथिल्लो क्षेत्रको खोरथली सामुदायिक वनमा रहेको रिचार्ज पोखरी फुटेर मऱ्याङ खोलामा आएको बाढीले भीमेश्वर नगरपालिका–२ र ३ का १० भन्दा बढी घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
मऱ्याङ खोलाले कटान गरेपछि घरहरु जोखिममा परेका छन् । आइतबार राति बाढी आएलगत्तै स्थानीयले घर छाडेका थिए । बाढीले गरेको क्षतिको विस्तृत विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै आइतबार रातिकै अविरल वर्षासँगै खसेको पहिरोले विगु गाउँपालिका-४ खोलिखिम बजारको दुईवटा घर पुरेको छ । २० भन्दा बढी घर जोखिममा परेका छन् भने लादुक-बलुङ सडक पहिराले बगाएको छ । यसैगरी कालिञ्चोक गाउँपालिका-१ मा परिहोले सडक बगाएको वडाध्यक्ष पदम थामीले बताए ।




