वर्षाको कारण घर भत्कियो सहाराको खाँचो ।।।

0Shares

वर्षाको कारण घर भत्कियो सहाराको खाँचो ।।।

विनोद मण्डल साउन १६ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । हिजोको अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षती भएको अनुमान गरिएको छ ।

अतिवृष्टि र अनावृष्टिको कारण आम मानिसको जीवन कष्टमय भएको अवस्था रहेको पाइन्छ । देशमा द्वन्दमा रहेको अवस्था रहेको पाइन्छ जता ततै विवादहरू सिर्जना भइरहेको अवस्थामा प्रकृतिले पनि आफ्नो चाल देखाइरहेका छन् ।

गत राति वर्षाका कारण नवलपरासीको पाल्हिनन्दन १ महेशपुर स्थित एक घर भत्किदा एक जना सामान्य घाइते भएका छन् । वर्षाका कारण घरमा सुतिरहेका चाने हरिजन घर भत्किदा घरमा चेपिएर सामान्य घाईते भएका हुन् ।

कच्ची घर भएकोले उनलाई स्थानियले तत्काल उपचार गरेका थिए ।

भएको घर वर्षाले भत्किए पछि हरिजन परिवार यतिबेला विच्चलीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *