नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20विद्यालयको शैक्षिक वातावरण प्रति संबंधित निकायको ध्यानकर्षण आजको आवश्यकता ।।।
विद्यालयको शैक्षिक वातावरण प्रति संबंधित निकायको ध्यानकर्षण आजको आवश्यकता ।।।
दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागु अबस्थित श्री कालिन्चोक माध्यामिक विद्यालय विगत लामो समयदेखि भद्रगोल हुँदा पनि अविभावक र संबंधित निकाय समेत बेखबर बनिरहेका छन् ।
दोलखाको बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागुमा रहेको श्री कालिन्चोक माध्यामिक विद्यालयमा व्यापक लापरवाही भइरहँदा पनि जिल्ला समवन्य इकाई दोलखाको ध्यान नपुग्नु चिन्ताको विषय बनेको छ ।
विद्यालय मावि भएपनि प्रावि र निमावि तहका शिक्षकहरुबाट पठन पाठन सञ्चालन गरिएको एकातिर छ भने अर्कोतिर भएको शिक्षकहरु विद्यालयमा एक दुई महिना मैं सरुवा भई रहनु चिन्ताको विषय बनेको छ ।
विद्यालयमा आएका शिक्षकलाई सरुवा सहमती दिने प्रधानाध्यापक र सुटुक्क रामाना दिने विद्यालय व्यवस्थापन समितिका कारण यतिबेला विद्यालयको पठन पाठन सञ्चालन गर्न हम्मे हम्मे परेको छ भने विद्यालयमा सरसफाई , कक्षा ब्यबस्थापन जस्ता पक्षहरु मिलेको छैन । विद्यालयमा विद्यार्थी ढिलो आउने अनी छिट्टै फर्किने परम्पराको नियन्त्रण हुन सकेको छैन । शिक्षक विद्यालयमा बारम्बार विभिन्न बाहानामा अनुपस्थित हुँदापनि विद्यालय व्यवस्थापन समिति बेखबर देखिन्छ ।
अत्यन्त नाजुक अवस्थामा रहेको यस विद्यालउयमा कोचिङ्ग कक्षाको ब्यबस्था गरिनुमा स्थानिय निकाय अंतर्गत शिक्षा शाखाको भूमिका रहनु पर्ने एकातिर आवस्यक देखिन्छ भने अर्कोतिर प्रदेश र केन्द्रले थप दरबन्दीको सिर्जना गरेर यस विद्यालयका पठन पाठमा अग्रणी भूमिका निर्वाह गर्न जरुरी देखिएको छ । स्थानिय अविभावकहरुले आ आफ्ना बालबालिकालाई समयमा विद्यालय पठाएर घरमा समेत कडाइका साथ पढाइमा ध्यान केन्द्रित गर्दा मात्र शैक्षीक अवस्थामा सुधार हुने देखिएकोले सम्बन्धित सबैले ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ ।