बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
पेट दुख्नदेखि दमभएका बिरामीका लागि अचुक औषधि हो काफल, यस्ता छन् अन्य फाइदा

दोलखा -काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ ।
यो स्वादमा मात्र नभई स्वास्थमा पनि उतिकै फाइदा जनक मानिन्छ । यो फल पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
यसको सेवन गर्दा हुन्छन कयौ नसोचेका फाइदा काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।
काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।





