थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ
कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ
थाङमिचागु डटकम संवाददाता

१४ साउन, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–८ बस्ने ४७ वर्षीय लल्लन जागा रहेका छन् । जागा २०६१ साल ३० जेठदेखि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर फरार रहेका थिए ।
उनलाई सोमबार बिहान साढे १० बजे बर्दिया मधुवन नगरपालिका–४ ढोडरी बजारस्थित बेलुवा चोकबाट इलाका प्रहरी कार्यालय राजापुर बर्दियाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनलाई कैलाली ल्याएर इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखिएको छ । जागालाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।




