यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख हटाउन सिफारिसतीन प्रदेशमा नयाँ प्रमुख सिफारिस
बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख हटाउन सिफारिस
तीन प्रदेशमा नयाँ प्रमुख सिफारिस
थाङमिचागु डटकम संवाददाता

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ।
संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
मन्त्रिपरिषदको सोमबार बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।
बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर सिफारिस भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा यज्ञराज जोशी सिफारिस भएका छन्।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ २१:२१





