त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) लाई आइतबार बिदाइको तयारी गरिएको छ।

0Shares

त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) लाई आइतबार बिदाइको तयारी गरिएको छ।

थाङ्मीचागु डटकम संवाददाता
चितवन, साउन १३

त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) लाई आइतबार बिदाइको तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आइतवार जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ।

‘आज जिल्ला सुरक्षा समितिको बैठक बसेर अहिलेसम्म भए गरेका कामहरूको समीक्षा गर्नेछौं,’ यादवले भने, ‘भारतीय टोलीको हालसम्मको प्रगति र प्रयोग भएका विधि/ प्रविधि र अबको सम्भावना सहितको समीक्षा गर्नेछौं।’

उनले नेपालको विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा गरेको योगदानका लागि धन्यवादसहित भारतीय टोलीलाई आइतबार नै बिदाइ गरिने सम्भावना रहेको बताए।

असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बसहरु खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरु गरेको थियो।

उनीहरुले नेपालमा उपलब्ध सबै प्रविधिको प्रयोग गरेर खोज गरिरहेको थिए।

सरकारले असार ३१ गते खोज तथा उद्धारका लागि भारतको सहयोग मागेपछि भारत सरकारले एनडिआरएफको १२ सदस्यीय टोली पठाएको थियो। साउन ५ गते भरतपुर आइपुगेका उनीहरुले भोलिपल्टदेखि नदीमा पुगेर काम सुरु गरेका थिए।

शनिबारसम्म पनि बसबारे केही पत्ता नलागेपछि उनीहरुलाई बिदा गर्न लागिएको हो।

बसमा ६५ जना यात्रु रहेको अनुमान गरिएकोमा अहिलेसम्म १९ जनाको शव भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *