नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलाेमेलो हुन लागेको आशङ्का समेत व्यक्त गरे ।माधव नेपाल

0Shares

नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलाेमेलो हुन लागेको आशङ्का समेत व्यक्त गरे ।
माधव नेपाल

थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १२ साउन २०८१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताएका छन् । पुष्पलालको जन्म शताब्दीको अवसर आयोजित प्रवचन गोष्ठीमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक छलफल र बहस हुनुपर्ने कुरामा जोड दिए ।

‘संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ’ उनले भने, ‘त्यसको आवश्यक किन पर्‍यो ?’ अध्यक्ष नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलाेमेलो हुन लागेको आशङ्का समेत व्यक्त गरे ।

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत गराउँदै उनले नेपाली जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेको र यसको लागि बहस हुनु आवश्यक रहेको बताए ।  

नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै नेपालले नेपाली समाजवादका बारेमा चर्चा गर्नु आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालीपनको समाजवाद हुनुपर्नेमा जोड दिँदै त्यो व्यवहारिक हुनुपर्नेमा जोड दिए । यसका लागि व्यापक बहस र छलफलको आवश्यकता रहेको समेत उनले बताए ।

अध्यक्ष नेपालले पुष्पलालले जसरी कम्युनिस्ट पार्टीलाई अगाडी बढाउने सिद्धान्तलाई पछ्याउँदै जानुपर्ने समेत  बताए । पुष्पलालबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने रहेको बताउँदै उनले राजनीतिमा चुनौतीहरू आउने र त्यसको सामना गर्दै जानुपर्ने बताए ।

कम्युनिस्ट पार्टीमा नीति प्रधान हुने बताउँदै उनले सही नीति भयो भने भने सही लक्ष्य प्राप्त गर्न सकिने बताए । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने समेत बताए ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि समाजवाद र कम्युनिस्ट विचारलाई अँगालेका कारण कुरा मिलेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘उपेन्द्रजी त्यही कारणले आउनुभयो तर ओलीले नराम्रो रूपमा लिन्छन् कि भनेर देउवाजी आउनु भएन ।’

माधव नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *