नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर
थाङमिचागु डटकम संवाददाता

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक सुरू हुनेछ।
आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन्।
प्रधानमन्त्री ओलीले चौथोपटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले आइतबार मात्रै प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए।
प्रतिनिधि सभाको आजको बैठकमै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पपत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।





