थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक अबरुद्ध
फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक अबरुद्ध
थाङमिचागु डटकम संवाददाता

७ साउन, काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।
आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।
बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।




