विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
Thursday, August 27, 2026
स्याङ्जामा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु
स्याङ्जामा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु
थाङमिचागु डटकम संवाददाता

३० असार, काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।
पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको हो ।। लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्छिन् ।
घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।





