इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Wednesday, October 14, 2026
गोरखामा माछापोखरीमा डुबेर एक किशोरको मृत्यु
गोरखामा माछापोखरीमा डुबेर एक किशोरको मृत्यु
थाङमिचागु डटकम संवाददाता

३० असार, गोरखा । पालुङटार नगरपालिका–६ कालामाटामा रहेको माछापोखरीमा डुवेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका १७ बर्षीय विपिन नेपाली रहेको प्रहरीले जनाएको छ । आइतबार साथीहरुसँग पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
‘उनी र उनका चार जना साथी मिलेर पौडी खेल्न गएछन्’, उनले भने, ‘त्यही क्रममा डुबेर नेपालीको मृत्यु भएछ ।’ नेपालीको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





