राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
उत्कृष्ट ५०० भित्रका विश्वविद्यालयलाई मात्रै नेपालमा अनुमति दिन सुझाव
उत्कृष्ट ५०० भित्रका विश्वविद्यालयलाई मात्रै नेपालमा अनुमति दिन सुझाव
थाङमिचागु डटकम संवाददाता

१८ असार, काठमाडौं । नेपालमा सञ्चालित विदेशी शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित समितिले विश्व वरीयताको ५०० भित्र पर्ने विश्वविद्यालयका कार्यक्रमलाई मात्रै अनुमति दिन सुझाव दिएको छ ।
समितिले टाइम्स हायर एजुकेसन र सांघाइ र्याङ्किङको उत्कृष्ट ५०० भित्र रहेका र नयाँ भए उत्कृष्ट १ हजारभित्र रहेका विश्वविद्यालयका मात्र कार्यक्रम सञ्चालनको अनुमति दिन सुझाव दिएको हो ।
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ मा टाइम्स हायर एजुकेसन र सांघाइ र्याङ्किङको १ हजारभित्र हुनुपर्ने व्यवस्था छ ।
पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार गर्दै यस्तो सुझाव दिएको हो ।
समितिले सम्बन्धित देशको मुनाफरहित विश्वविद्यालय हुनुपर्नेसमेत सुझाव दिएको छ ।
त्यस्तै एउटै भवन परिसरमा फरक फरक संस्थाका नाममा एक वा एकभन्दा बढी विश्वविद्यालयका कार्यक्रम सञ्चालन अनुमति नदिन सुझाएको छ ।
समितिको अनुसार हाल नेपालमा ८८ वटा शिक्षण संस्थाले विदेशी शिक्षण संस्था वा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
नेपालमा ए लेभल र सो सरहका ३२ वटासहित उच्च शिक्षा (स्नातक र स्नातकोत्तर) सम्म पढाइ हुने ५९ वटा कलेज तथा शिक्षण संस्था छन् । काठमाडौं उपत्यका बाहिर २२ विदेशी सम्बन्धनका कलेज तथा शिक्षण संस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।




