सुर्खेत दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

0Shares

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

थाङमिचागु डटकम संवाददाता

१४ असार, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।

डीएसपी  दाहालका अनुसार कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन्, जसमध्‍ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र उनीहरूको जल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी दाहालले बताए ।

दुर्घटनामा परी जिप सड्कभन्दा ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *